कास्की प्रहरीको गाउँगाउँमा मोटरसाइकल गस्ती

हिमाल प्रेस २३ साउन २०८३ २१:३३ | Saturday, August 8, 2026
6
SHARES
कास्की प्रहरीको गाउँगाउँमा मोटरसाइकल गस्ती

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबारदेखि मोटरसाइकल गस्ती सुरु गरेको छ।

विभिन्न वडाहरुको भित्री सडक तथा संवेदनशील स्थानहरुमा शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि बढाउने उद्देश्यले मोटरसाइकल गस्ती सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार ९ वटा मोटरसाइकलमार्फत आवश्यक हातहतियार, असवाव (प्रहरीले बोक्ने गोलीगठ्ठा आदि) सहित गस्ती परिचालन गरिएको हो।

उनले भने, ‘नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन यो अभियान सुरु गरिएको हो, आवश्यकताअनुसार विभिन्न ठाउँमा परिचालन हुनेछ।’

शनिबार बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा २ भुर्जुङखोलामा र पोखरा वडा २५, हेमजा मिलनचोकमा गस्ती गरिएको थियो।

यस अवसरमा स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूसँग अन्तरक्रिया गरी समसामयिक सुरक्षा अवस्था, शान्तिसुरक्षासम्बन्धी बस्तुस्थिति तथा सम्भावित गतिविधिबारे जानकारी लिनुका साथै विभिन्न सवारीको चेकजाँच, निगरानी तथा संवेदनशील क्षेत्रहरूको निगरानी गरिएको उनले बताए।

प्रकाशित: २३ साउन २०८३ २१:३३ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast