ओली निवास गुन्डुमा ढलेका एमाले नेताको अवस्था बुझ्न पूर्वराष्ट्रपति पनि पुगिन्

हिमाल प्रेस २३ साउन २०८३ ६:५० | Saturday, August 8, 2026
ओली निवास गुन्डुमा ढलेका एमाले नेताको अवस्था बुझ्न पूर्वराष्ट्रपति पनि पुगिन्

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा ढलेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।शुक्रबार वीर अस्पताल पुगेर भण्डारीले नेता थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

साउन १९ गते मध्यराति गुण्डुमा भएको छलफलमा ढलेका थपलिया २० गतेदेखि वीर अस्पतालमा उपचाररत छन् ।

एमाले बुद्धिजीवी परिषद्का नेता गजेन्द्र थपलियाका अनुसार उनको स्वास्थ्य कमजोर छ । ‘राम्ररी बोल्न पनि सकिरहेका छैनन् भने मोबाइल पनि चलाएका छैनन् । चिकित्सकको सिफारिस अनुसार शुक्रबार साँझ उनको एमआरआई गरिएको छ,’उनले भने।

प्रकाशित: २३ साउन २०८३ ६:५० | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast