पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखियो : पुन

हिमाल प्रेस २२ साउन २०८३ १८:४२ | Friday, August 7, 2026
18
SHARES
पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखियो : पुन

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखिएको बताएका छन्।

शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता मुख्य कुरा भए पनि सरकार यसैमा कमजोर देखिएको बताए।

उनले हालै सुनसरी तथा मधेश प्रदेशमा भएका घटनाहरूबारे सरकारले संसदलाई जानकारी गराउन आवश्यक नठान्नुले सरकार जवाफदेहिताबाट भागिरहेको देखिएको धाराण राखे।

गृहमन्त्री तराई–मधेश भ्रमणमा गएपछि भएका साम्प्रदायिक झडप र अशान्तिबारे गृहमन्त्रीले नै संसदमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

नेता पुनले हरेक महिनाको पहिलो साता हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी महिनाको तालिकामा समेत समावेश नभएकोप्रति आपत्ति जनाए।

डेलिभरी गर्छौँ भनेर आएको सरकारले न्यूनतम डेलिभरी पनि दिन नसकेको भन्दै उनले झूटा आश्वासनको सट्टा अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २२ साउन २०८३ १८:४२ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast