काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ।
प्रकाशित: २२ साउन २०८३ ११:३९ | Friday, August 7, 2026
प्रतिक्रिया


