नेप्से परिसूचक दोहोरो अंकले घट्यो

हिमाल प्रेस २१ साउन २०८३ १६:१० | Thursday, August 6, 2026
6
SHARES
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अंकले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अंकले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक एक दशमलव ०३ अंकले घटेर १८२ दशमलव २६ मा पुगेको छ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९१ अंकले घटेर १५७ दशमलव ३४ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ।

आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो। आज ६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो। त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर, एनआइबीएल समृद्धि फण्ड २ का लगानीकर्ताले कमाएका छन्।

आज एलएस होरिजन, मेगा म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्डलगायत लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: २१ साउन २०८३ १६:१० | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast