निर्मला पन्त हत्या प्रकरण : राष्ट्रियसभामा सोधिएको प्रश्नको उत्तर गृहमन्त्रीले दिएनन्

हिमाल प्रेस २१ साउन २०८३ १४:५६ | Thursday, August 6, 2026
8
SHARES
निर्मला पन्त हत्या प्रकरण : राष्ट्रियसभामा सोधिएको प्रश्नको उत्तर गृहमन्त्रीले दिएनन्

काठमाडौँ- कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। प्रश्नोत्तर कार्यक्रमको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए।

सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरेका थिए।

त्यसको उत्तरमा गृहमन्त्री गुरुङले भने,‘यो विषय एकदमै सेन्सेटिभ छ। हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो? आमाको घाउलाई कोट्याइरहने हो कि संसद्‌मार्फत कि न्याय दिने हो? धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं। यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला। यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’

त्यसपछि अध्यक्ष दाहालले सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिए। त्यसपपछि सांसद विश्वकर्माले प्रश्न सोध्ने आफ्नो विधायिकी अधिकार भएको उल्लेख गरे। उनले फेरि प्रश्न सोधे,‘निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन?’

यसबारे गृहमन्त्री गुरुङले भने, ‘म यसको उत्तर दिन चाहदिँन।’

प्रकाशित: २१ साउन २०८३ १४:५६ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast