नेपाल आयल निगमका कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

हिमाल प्रेस २१ साउन २०८३ १४:०३ | Thursday, August 6, 2026
12
SHARES
नेपाल आयल निगमका  कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।

साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन भएका छन्। निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो। रासस

 

 

प्रकाशित: २१ साउन २०८३ १४:०३ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast