एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको भाउ

हिमाल प्रेस २१ साउन २०८३ १०:५५ | Thursday, August 6, 2026
6
SHARES
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ-  सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार ४ हजार २०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो । मंगलबार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा थियो ।

सोमबार ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा थियो । आइतबार १ हजार ८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा थियो ।

 

प्रकाशित: २१ साउन २०८३ १०:५५ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast