उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा अनुगमन, ललितपुरको फर्निचर सेन्टरलाई १० हजार जरिवाना

हिमाल प्रेस २१ साउन २०८३ ७:३५ | Thursday, August 6, 2026
8
SHARES
उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा अनुगमन, ललितपुरको फर्निचर सेन्टरलाई १० हजार जरिवाना

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले दुई फर्मलाई जरिवाना गरेको छ। ललितपुर महानगरपालिका–२० मा रहेको न्यू डाइमण्ड फर्निचर सेन्टरलाई रु १० हजार जरिवाना गरेरिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल नभएको पाइएकाले सो फर्मलाई जरिवाना हो। काठमाडौँको गोङ्गबुमा रहेको अजिमा चस्मा घरलाई रु पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ।

विभागले साइबाबा ग्यास उद्योग कलङ्कीलाई ग्यास वितरणमा सहजीकरण गर्न निर्देशन दिइएको छ। चन्द्र विनायक ग्यास स्टोर चाबहिललाई नियमित रुपमा सरल र सहज रूपमा खाना पकाउने ग्यास वितरण गर्न तथा अनिवार्य रुपमा बिल विजक जारी गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

कोलोनी प्रोडक्सन एन्ड सप्लायर्स र अमन टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य व्यावसायिक फर्मलाई भने विभागले सुधारात्मक निर्देशक दिएको छ। फर्महरुको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन,२०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक आवश्यक निर्देशन र कारबाही गरिएको विभागको प्रष्टोक्ति छ।

उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको उपस्थितिमा कालाबजारी नियन्त्रणमा विभागले सक्रियताका साथ अनुगमन गर्दै आएको जनाएको छ।

प्रकाशित: २१ साउन २०८३ ७:३५ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast