काठमाडौँ- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ।
उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो।
टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ।
प्रकाशित: २० साउन २०८३ १६:०० | Wednesday, August 5, 2026
प्रतिक्रिया


