‘म मदनकृष्ण’ मा मदनकृष्ण बन्दै महेश त्रिपाठी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री

हिमाल प्रेस २० साउन २०८३ ११:२१ | Wednesday, August 5, 2026
4
SHARES
‘म मदनकृष्ण’ मा मदनकृष्ण बन्दै महेश त्रिपाठी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री नायक महेश त्रिपाठी [बायाँ], अरुण क्षेत्री [दायाँ]

काठमाडौँ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्य भूमिकामा अरुण क्षेत्री र मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेभएका छन्।  ‘गौँथली’ अभिनेता अरुण र ‘प्रसाद २’का अभिनेता महेशले साइन गरेका छन् ।

 यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाइनेछ। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्।

प्रकाशित: २० साउन २०८३ ११:२१ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast