ह्वात्तै बढ्यो सुनको भाउ

हिमाल प्रेस २० साउन २०८३ १०:५६ | Wednesday, August 5, 2026
12
SHARES
ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला  दुई लाख ८३ हजार ८०० थियो। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।

प्रकाशित: २० साउन २०८३ १०:५६ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast