काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक साउन २० गते बुधबार दिउँसो १२ बजे बस्नेगरी बोलाइएको हो। ‘समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफलका एजेण्डा छन्’, श्रेष्ठले बैठकमा छलफलका एजेण्डाबारे जानकारी दिए।
प्रकाशित: १९ साउन २०८३ ११:१६ | Tuesday, August 4, 2026
प्रतिक्रिया


