सरकारको कामबारे विष्णु रिजालको आक्रोश, भने : अति गरे खति हुन्छ

हिमाल प्रेस १९ साउन २०८३ १०:३८ | Tuesday, August 4, 2026
8
SHARES
सरकारको कामबारे विष्णु रिजालको आक्रोश, भने : अति गरे खति हुन्छ

काठमाडौँ-  नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्ने पर्नेमा ध्यान अर्कैतिर गएको बताएका छन्।

रिजालले राज्यसँग बल छ भन्दै जथाभावी प्रयोग गर्दा त्यसले राज्य आतंक सृजना गरेको उनले बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै रिजालले बल प्रयोग गर्ने आधिकारिक निकाय सरकार भए पनि त्यसलाई दुरुपयोग गर्दा आतंकको स्थिती सृजना भएको उनले उल्लेख गरेका छन्। ‘फरक पार्टीका नेताहरुमाथि धरपकड, व्यावसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचार सार्वजनिक भएका छन्’ रिजालले लेखेका छन् ‘मुलुक कता जाँदैछ? कता लैजान खोजिदैछ ? हामीकहाँ भनाइ नै छ नि अति गरे खति हुन्छ।’

रिजालले सरकारले प्राथमिकतामा राख्नुपर्ने केही विषय पनि सुझाएका छन्। पुँजी बजार निरन्तर ओरालो लागेको,विदेशस्थित दूतावास तीन महिनादेखि खाली भएका, विश्वविद्यालय भद्रगोल, विदेश साहायता बन्द भएको उनले उल्लेख गरेका छन्। ‘विदेशी लगानी शुन्य अवस्थामा पुगेको,विदेश सम्बन्ध शिथिल भएको र अर्थतन्त्र ओरालो लागेको,सामाजिक सद्धभाव विशृंखलित छ ’ रिजाल लेख्छन् ‘सरकारको ध्यानचाहिँ अन्यत्रै छ। भन्छन् नि टकिङ टू टोकियो, लुकिङ टू लण्डन।’

प्रकाशित: १९ साउन २०८३ १०:३८ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast