काठमाडौँ- रातिदेखि आएको अविरल वर्षाका कारण इलामको दैनिकी कठिन बनेको छ। निरन्तरको वर्षाले जनजीवन कष्ठकर बन्दा सार्वजनिक बिदा समेत दिइएको छ। हिजैदेखि वर्षाका कारण खोलाखोल्सा बढेका छन् भने सडक अवरुद्ध छ।
हिजो मात्रै पनि बाढीका कारण एक बालकको ज्यान गयो। यही कारण पनि आज अधिकांश पालिकाहरूले सार्वजनिक बिदा दिँदै विद्यालय भएको सूचना निकालेका छन्। सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिकासहितका पालिकाले विद्यार्थीलाई विद्यालय नपठाउन अपिल गरेका छन्।

प्रकाशित: १९ साउन २०८३ ९:४९ | Tuesday, August 4, 2026
प्रतिक्रिया


