सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन

हिमाल प्रेस १८ साउन २०८३ १४:५५ | Monday, August 3, 2026
20
SHARES
सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन

काठमाडौँ- सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकर्गमाबाट साेमबार सुनकोशी नदीमा खसेको कार खोजीको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको छ।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१०-०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।

बेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ।

उक्त कारमा सवार सोही गाउँपालिका-५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका-१ बस्ने २८ वर्षीय गणेश थापा र परिचय नखुलेका अर्का एक जना समेत बेपत्ता भएका छन्।

प्रकाशित: १८ साउन २०८३ १४:५५ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast