हेर्नुस् आजको राशिफल

हिमाल प्रेस १८ साउन २०८३ ६:२९ | Monday, August 3, 2026
 हेर्नुस् आजको राशिफल

मेष: घरपरिवारका साना–साना जिम्मेवारीले धेरै समय लिन सक्छन्। सरकारी नियम वा कानुनी विषयमा विशेष सावधानी अपनाउनुहोला। साझेदारीमा गरिने काममा मतभेद देखिन सक्छ। यात्रा गर्दा सामानको सुरक्षा आवश्यक छ।

भाग्यशाली रङ खैरो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४६, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले तिर्खाएकालाई पानी पिलाउने। छलकपट र बेइमानी नगर्ने।

वृष: प्रतिभा र क्षमताको उचित प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। खर्च बढे पनि आम्दानीले सन्तुलन कायम गर्नेछ। लामो दूरीको यात्रा सफल र सुखद बन्नेछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा मनमा सन्तोष बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छलकपटको सहारा नलिने।

मिथुन: जिम्मेवारीपूर्वक गरिएको कामले राम्रो परिणाम दिनेछ। दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। रोकिएका योजना अघि बढ्नेछन् र नयाँ अवसर प्राप्त हुन सक्छ। सहयोगीको साथले आर्थिक पक्ष थप बलियो बन्ने संकेत छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकाएकालाई भोजन गराउने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: वाणीको प्रभाव बढ्नेछ। आत्मविश्वासका साथ राखिएको विचारले राम्रो परिणाम दिन सक्छ। साथीभाइ तथा आफन्तबाट आवश्यक साथ र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र आत्मीयता अझ मजबुत बन्ने संकेत छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। हतारमा कसैलाई विश्वास नगर्ने।

सिंह: प्रतिष्ठासँग सम्बन्धित विषयमा विशेष सावधानी अपनाउनुहोस्। मानसिक तनाव वा अनावश्यक चिन्ताले प्रभाव पार्न सक्छ। यात्रा गर्दा सतर्क रहनु आवश्यक छ। चिसोबाट बच्नुहोला। नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४३, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराउने। झुट नबोल्ने।

कन्या: परोपकार र धार्मिक कार्यमा सहभागी हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। शुभ समाचार सुन्ने सम्भावना छ। उत्साह र आत्मविश्वास बढ्ने भएकाले व्यावसायिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। हतारमा कसैलाई विश्वास नगर्ने।

तुला: धार्मिक तथा सामाजिक क्षेत्रमा भ्रमणको अवसर मिल्न सक्छ। विवेकपूर्ण निर्णयले चुनौतीलाई अवसरमा बदल्न सक्नुहुनेछ। नयाँ स्थानको भ्रमण वा मन्दिर दर्शनको योजना बन्न सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७३ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य सुरु गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक: रमाइलो भेटघाट र मनोरञ्जनमा समय बित्नेछ। धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्नेछ। लगानी वा सेयर बजारबाट लाभ मिल्नेछ। मनपर्ने उपहार प्राप्त हुने तथा स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

धनु: सहयोगको अपेक्षा गरेजति साथ नपाइएला। पारिवारिक विषयमा केही असमझदारी आउन सक्छ। पढाइ वा एकाग्रतामा कमी महसुस हुन सक्छ। धैर्य र संयम अपनाए परिस्थिति सहज बन्दै जानेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ६२, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृदेवको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मकर: आफ्नो कार्यकुशलताले अरूको मन जित्न सक्नुहुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। न्यायिक तथा प्रशासनिक कार्यमा सफलता मिल्न सक्छ। सामान्य स्वास्थ्य समस्याप्रति सचेत रहनु राम्रो हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६२, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

कुम्भ: रचनात्मक सोच र नयाँ योजनाले राम्रो अवसर दिलाउन सक्छ। अधुरा काम पूरा हुँदा मन प्रसन्न रहनेछ। घरपरिवारमा खुसीको वातावरण बन्नेछ। वचन दिँदा भने सोचविचार गरेर मात्र प्रतिबद्धता जनाउनु उचित हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: गोप्य रूपमा अघि बढाइएका योजना सफल हुने संकेत छ। दाम्पत्य जीवनमा आत्मीयता र समझदारी बढ्नेछ। अध्ययन, प्रतिस्पर्धा तथा व्यवसायिक यात्राबाट लाभ मिल्ने सम्भावना छ। सम्मान र नयाँ अवसर प्राप्त हुने योग देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५७, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रकाशित: १८ साउन २०८३ ६:२९ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast