काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा हुने

हिमाल प्रेस १७ साउन २०८३ १३:४५ | Sunday, August 2, 2026
4
SHARES
काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा हुने

काठमाडौँ- काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा हुने भएको छ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले प्रतियोगिता आगामी कात्तिक १५ देखि २१ गतेसम्म नेपालमै आयोजना गर्ने निर्णय गरेको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

नेपालले यसअघि २०२४ र २०२६ मा यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो। तर, जेन्जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी थिएन।

नेपाल २०२४ को उपविजेता हो। २०२६ मा भने नेपाल चौथो भएको थियो।

प्रकाशित: १७ साउन २०८३ १३:४५ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast