‘आचार्य’का लागि निखिल उप्रेतीले बनाए ‘फरक लुक्स’

हिमाल प्रेस १७ साउन २०८३ १३:४० | Sunday, August 2, 2026
4
SHARES
‘आचार्य’का लागि निखिल उप्रेतीले बनाए ‘फरक लुक्स’

काठमाडौँ- अभिनेता तथा निर्देशक निखिल उप्रेतीको नयाँ फिल्म ‘आचार्य’ अगामी असोज ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अभिनेता उप्रेतीले फिल्मको फर्स्टलुक पोस्टर तथा भिडियो सार्वजनिक प्रचार सुरु भएको जनाएका छन्।

सार्वजनिक पोस्टर तथा भिडियोमा निखिललाई शक्तिशाली, रहस्यमय तथा फरक अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा निखिल उप्रेतीलाई खुला शरीर, हातमा विशाल चिल बोकेको तथा आधुनिक भर्चुअल रियालिटी हेडसेट लगाएको शैलीमा देखाइएको छ । प्राकृतिक पहाडी पृष्ठभूमिसँग प्रस्तुत गरिएको यो लुकले फिल्ममा एक्सन र अध्यात्म रहेको अनुमान गर्न सकिन्छ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कृष्ण भट्टराई हुन् । फिल्ममा लेखन निखिल उप्रेती, मनोज विश्वकर्मा, नवराज कृष्ण थापा तथा सौरभ लामाको संयुक्त छ। ‘आचार्य’ निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो फिल्म हो । यसअघि उनले ‘भैरव’ निर्देशन गरेका थिए ।

प्रकाशित: १७ साउन २०८३ १३:४० | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast