गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतकका परिवारसँग भेट्ने

हिमाल प्रेस १५ साउन २०८३ ९:१७ | Friday, July 31, 2026
16
SHARES
गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतकका परिवारसँग भेट्ने फाइल तस्बिर

विराटनगर- गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्।

सिरहामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेटघाट गर्नुका साथै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ।

यसअघि बिहीबार राति उनले सुनसरीको देवानगन्ज गाउँपालिका-कप्तानगन्ज पुगेर हिंसात्मक घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेट गरेका थिए।

उनको उपस्थितिमा पीडित परिवार र प्रशासनबीच सातबुँदे सहमतिमा हस्ताक्षरसमेत भएको थियो।

त्यसपछि गुरुङ मोरङको विराटनगर आएका थिए। केही समय विराटनगरमा बसेपछि उनी सिरहा प्रस्थान गर्ने कार्यक्रम तय भएको हो।

सुनसरीमा भएको हिंसात्मक घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेका बेला सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका-तुलसियाही निवासी गणेश यादवको मृत्यु भएको थियो।

गृहमन्त्री गुरुङले आज गणेश यादवका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुका साथै जिल्लाको सुरक्षा अवस्था र पछिल्ला घटनाक्रमबारे प्रहरी प्रशासनका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १५ साउन २०८३ ९:१७ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast