सरकारले काम गर्न नसके मार्ग प्रशस्त गरोस् : सांसद राई

हिमाल प्रेस १४ साउन २०८३ १२:३३ | Thursday, July 30, 2026
8
SHARES
सरकारले काम गर्न नसके मार्ग प्रशस्त गरोस् : सांसद राई

काठमाडौँ- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नभएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले सरकार जनतामाझ पुगेर सूचना संकलन, संवाद र शान्तिसुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए।

सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै उनले देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए।

उनले सरकारलाई कि सक्रिय भएर काम गर्न नभए देश चलाउन नसक्ने स्वीकार गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरे।

सुनसरी घटनापछि सर्वदलीय बैठक आयोजना गरेको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारको नेतृत्व आवश्यक रहेको उनले बताए।

प्रकाशित: १४ साउन २०८३ १२:३३ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast