क्यूएफएक्सद्वारा ‘गौंथली’लाई सुपरहिट घोषणा

हिमाल प्रेस १३ साउन २०८३ १२:२० | Wednesday, July 29, 2026
8
SHARES
क्यूएफएक्सद्वारा ‘गौंथली’लाई सुपरहिट घोषणा

काठमाडौँ- क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘गौंथली’लाई सुपरहिट घोषणा गरेको छ। डा. कपिल रिजाल निर्देशित यो फिल्मले क्यूएफएक्सबाट दोस्रो सातामा सुपरहिटको मान्यता पाएको हो। यतिबेला क्यूएफएक्सको आधिकारिक वेबसाइटमा ‘गौंथली’ लाई यो उपाधि दिएको देखिन्छ।

यसअघि गतवर्ष रिलिज फिल्म ‘परान पनि दोस्रो सातामा सुपरहिट घोषणा भएको थियो। क्यूएफएक्सले पहिलो साता आफ्ना सिनेमा घरहरूबाट १ करोड ५० लाख र दुई सातामा २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको आधारमा सुपरहिट घोषणा गर्ने गरेको छ। यसको अर्थ फिल्मले दुई साता नपुग्दै यो चेनमा मात्रै साढे २ करोडमाथि कमाइ गरेको छ।

 

प्रकाशित: १३ साउन २०८३ १२:२० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast