सुनसरीमा कर्फ्यु कायमै, सुरक्षा निगरानी कडा

हिमाल प्रेस १३ साउन २०८३ १०:३९ | Wednesday, July 29, 2026
14
SHARES
सुनसरीमा कर्फ्यु कायमै, सुरक्षा निगरानी कडा

सुनसरी- देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि सुनसरीका विभिन्न क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु बुधबार पनि जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ अन्तर्गत जारी गरिएको आदेशअनुसार तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्युको प्रभावले कोशी राजमार्ग आसपासका बजार र सार्वजनिक गतिविधि सुनसान बनेका छन् भने सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ।

प्रशासनले इटहरी, रामधुनी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोसी, गढी, देवानगन्ज, हरिनगर र बर्जु क्षेत्रलाई कर्फ्युको दायरामा राखेको जनाएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रकाशित: १३ साउन २०८३ १०:३९ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast