वंगलादेशका पूर्वकप्तान शाकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने

हिमाल प्रेस १२ साउन २०८३ ९:२८ | Tuesday, July 28, 2026
4
SHARES
वंगलादेशका पूर्वकप्तान शाकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ- वंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा पोखरा एभेन्जर्सको प्रतिनिधित्व गर्ने भएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत पोखराले बंगलादेशका पूर्व कप्तान शाकिबलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

विस्फोटक मध्यक्रमका ब्याटर शाकिब स्पिन बलिङमा पनि उत्तिकै प्रभावशाली प्रर्दशन गर्न सक्ने क्षमता भएका क्रिकेटर हुन् । करिअरको उत्तरार्धमा रहेका उनले तीनवटै फरम्याटमा बलियो छाप छाडेका छन्। आईसीसी अलराउन्डर वरीयतामा उनी शीर्ष स्थानतिर आइरहने नाम हुन् ।

टेस्टमा १३० अन्तर्राष्ट्रिय इनिङ्स खेलेका शाकिबले एकदिवसीयमा २४७ पटक देशको जर्सी लगाए । टी२० मा ३९ वर्षीय शाकिबको नाममा १२९ क्याप छ । पोखराले एक साताअघि मात्र श्रीलंकाका पूर्व स्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको थियो ।

प्रकाशित: १२ साउन २०८३ ९:२८ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast