अहिलेको सत्ता गोली,जेल र दमनलाई समाधान ठान्दैछ, जुन गलत छ : विप्लव

हिमाल प्रेस १२ साउन २०८३ ६:५० | Tuesday, July 28, 2026
4
SHARES
अहिलेको सत्ता गोली,जेल र दमनलाई समाधान ठान्दैछ, जुन गलत छ : विप्लव

काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको सत्तासँग सावधानी र समस्या समाधान गर्ने क्षमता भन्दा गोली र बल धेरै भएको बताएका छन्। उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार गोली,जेल र दमनलाई समाधान ठान्दै गरेको उनले आरोप लगाए।

‘उसले गोली,जेल र दमनलाई समाधान ठान्छ। सुनसरीमा मात्र होइन सुकुमबासी, मिटरब्याज पीडित, गणेश नेपाली लगायतका घटनामा यो प्रस्ट देखियो।’ उनले भनेका छन्।  बल, गोली र दमनले जनतालाई नभई सत्तासीन र सत्तालाई ढाल्ने समेत विप्लवले बताए। उनले समयमै दोषीलाई कारबाही, पीडितलाई न्याय र समस्याको न्यायपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन्।

प्रकाशित: १२ साउन २०८३ ६:५० | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast