ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबर्ग्स’ अवार्डबाट सम्मानित

हिमाल प्रेस ११ साउन २०८३ १९:५६ | Monday, July 27, 2026
2
SHARE
ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबर्ग्स’ अवार्डबाट सम्मानित

काठमाडौँ- द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल’ अन्तर्गत ब्रोन्ज अवार्डबाट सम्मानित भएका छन्।

अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन्।

काठमाडौँमा सोमबार आयोजित ‘नेशनल अवार्ड सेरेमोनी २०२६’ मा उनीहरूलाई सम्मान गरिएको हो।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड नेपालद्वारा आयोजित समारोहमा देशभरका ब्रोन्ज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरुलाई उनीहरुको मिहिनेत, अनुशासन, आत्मविकास र सामुदायिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो।

विद्यार्थीहरूलाई बधाई दिँदै बीईजी बोर्ड तथा कलेज व्यवस्थापनका तर्फबाट अरुणले भने,‘तपाईंहरुको मिहिनेत, समर्पण र प्रतिबद्धताले हामी सबैलाई गौरवान्वित बनाएको छ। तपाईंहरुको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनहरुमा पनि तपाईंहरुले अझ धेरै सफलता हासिल गर्नुहोस् भन्ने हाम्रो शुभकामना छ।’

कलेज प्रशासनले विद्यार्थीहरुलाई आवश्यक मार्गदर्शन र निरन्तर सहयोग पुर्‍याएकोमा राजनकुमार राईप्रति आभार व्यक्त गरेको छ।

कलेजले शैक्षिक उत्कृष्टतासँग विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको छ। कलेजका अनुसार यस्ता अन्तर्राष्ट्रिय सहपाठ्यक्रम तथा नेतृत्व विकास कार्यक्रमहरुले विद्यार्थीहरुलाई आत्मविश्वासी, सक्षम र समाजप्रति उत्तरदायी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

प्रकाशित: ११ साउन २०८३ १९:५६ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast