‘नेपालको जलस्रोत’ पुस्तक लोकार्पण

हिमाल प्रेस १० साउन २०८३ १६:२७ | Sunday, July 26, 2026
4
SHARES
‘नेपालको जलस्रोत’ पुस्तक लोकार्पण

काठमाडौँ- नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ।

आइतबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुस्तक लोकार्पण गरेका हुन्।

जलस्रोत विज्ञ तथा राजनीतिकर्मी महाजन यादवद्वारा नेपाली र अंग्रेजीमा भाषामा लेखिएको पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका आयामलाई तथ्य र विश्लेणसहित प्रस्तुत गरिएको छ।

पुस्तक लोकार्पण गर्दै अध्यक्ष यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताए।

जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रुपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आग्रह गरे।

लेखक महाजन यादवले पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउने र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १० साउन २०८३ १६:२७ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast