उपेन्द्र यादवले गरे सरकारको प्रशंसा

हिमाल प्रेस २६ जेठ २०८३ १३:१९ | Tuesday, June 9, 2026
10
SHARES
उपेन्द्र यादवले गरे सरकारको प्रशंसा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव/फाइल तस्बिर

नेपालगन्ज- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको प्रशंसा गर्दै विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।

अवधि पत्रकार संघ केन्द्रीय समितिले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे।

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए।

प्रकाशित: २६ जेठ २०८३ १३:१९ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast