स्पष्ट कार्ययोजना तयार गरेर मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न टास्क फोर्सलाई मन्त्री चौधरीको निर्देशन

हिमाल प्रेस १० साउन २०८३ ११:३३ | Sunday, July 26, 2026
12
SHARES
स्पष्ट कार्ययोजना तयार गरेर मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न टास्क फोर्सलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेस गरेको छ। बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले बाँदरका कारण बाली नष्ट हुने, किसान विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै यस समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राखे। मन्त्री चौधरीले टास्क फोर्सलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानुनी तथा व्यवहारिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिए। साथै प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी स्थानीय तह, सरोकारवाला निकाय, विज्ञ तथा समुदायसँग समन्वय गरेर कार्यान्वयनयोग्य समाधान अघि बढाउनुपर्नेमा जोड दिए।

बैठकमा टास्क फोर्सले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम प्रतिवेदन पेश गर्दै बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि तथा दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव प्रस्तुत गरेको थियो । मन्त्रीज्यूले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय, कानुनी सुधार तथा प्रभावकारी कार्यान्वयनमार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्रालय दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १० साउन २०८३ ११:३३ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast