हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण

हिमाल प्रेस ९ साउन २०८३ २०:४५ | Saturday, July 25, 2026
18
SHARES
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण तस्बिर : एएफपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्यपूर्व युद्धबीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीहरूले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।

यो सँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ।

यद्यपि हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समयअघि इरान माथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताएका छन्।

विद्रोहीहरूले शीर्ष तेल उत्पादकले समुद्री नाकाबन्दीको घोषणापछि र लालसागरमा यसका जहाजहरूमा प्रहार गरेको तथा हुथीहरूले अमेरिकी सहयोगी रियादको सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि युद्धको ‘खतरनाक वृद्धि’ भएको आरोप लगाएका थिए।

गत फेब्रुअरीमा तेहरानमा अमेरिका–इजरायली आक्रमणपछि यस क्षेत्रलाई समेटेर युद्ध भड्किएको र महत्वपुर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा इरानको समानान्तर नाकाबन्दीको उत्कर्षमा पुगेको जनाइएको छ।

रियादको नागरिक सुरक्षा एजेन्सीले शनिबार प्रभावित सहरका बासिन्दाहरू र यानबुहरुकालागि चेतावनी जारी गरेको थियो।

साउदी नेतृत्वको गठबन्धनले हुथीको केन्द्रहरुमा आक्रमण गरेको र लालसागरको जहाजमा आक्रमणको प्रतिक्रियामा व्यापारिक जहाजहरूलाई धम्की दिने लक्ष्यहरू नष्ट गरेको बताएपछि यो चेतावनी जारी गरिएको हो।

यमनको एक सुरक्षा स्रोतलाई बताउँदै एएफपीले होदेइडाको बन्दरगाह सहरमा रहेको नौसैनिक आधार र कामरान टापुमा रहेको सैन्य शिविर साउदी लक्ष्यमा रहेको बताएको छ।

हुथीहरूले यस हप्ताको सुरुमा दुईवटा साउदी जहाजहरूमा आक्रमण गरेको दाबी गरेको छ भने साउदी अरेबियाले लालसागरमा भएको एउटा आक्रमणको पुष्टि गरेको छ।

हाल तेहरान वासिङ्टनसँगको वार्तामा ‘गम्भीर’ हुँदै जाँदा ट्रम्पले इरानमाथि ठुलो अपरेसन हुने बताएपछि तनाव बढेको हो। यद्यपि इरानलाई कडा प्रहार गर्ने निर्णय गरेको हो, भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई यस्तो कुनै योजना नभएको र हाललाई युद्धबाट निराश भएको बताएको जनाइएको छ।-रासस/एएफपी

प्रकाशित: ९ साउन २०८३ २०:४५ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast