व्यवसायी शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस ८ साउन २०८३ ५:३८ | Friday, July 24, 2026
6
SHARES
व्यवसायी शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौँ- उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बिहीबार व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिल्लीबजारबाट पक्राउ गरेको थियो।

व्यवसायीहरू दीपक भट्ट र शंकरका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।

प्रकाशित: ८ साउन २०८३ ५:३८ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast