काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलाम ५ हजार ४०० रुपैयाँले बढेको हो ।
योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको थियो ।
सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको थियो । यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।
प्रकाशित: ६ साउन २०८३ १०:५५ | Wednesday, July 22, 2026
प्रतिक्रिया

