को हुन् कीर्तिपुरमा गाडीसँगै जलेका व्यक्ति?

हिमाल प्रेस ६ साउन २०८३ ६:३७ | Wednesday, July 22, 2026
68
SHARES
को हुन् कीर्तिपुरमा गाडीसँगै जलेका व्यक्ति?

काठमाडौँ- कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

७० वर्षीय श्रेष्ठ नरदेवी घर भएर कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा बस्दै आएका थिए । मृतकका परिवारले उनको सनाखत गरेका छन् ।

मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा।५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । सो कार नबिल बैंकबाट ऋण लिएर २०६२ कार्तिक २७ मा किस्तामा खरिद गरेको भेटिएको छ ।

 

प्रकाशित: ६ साउन २०८३ ६:३७ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast