हतियार प्रयोग गरी कीर्तिपुरमा युवकको हत्या

हिमाल प्रेस २३ वैशाख २०८३ १७:०८ | Wednesday, May 6, 2026
10
SHARES
हतियार प्रयोग गरी कीर्तिपुरमा युवकको हत्या सांकेतिक तस्बिर

काठमाडौँ– काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ।

धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ। हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ। प्रहरीले चाँडै पक्राउ गर्ने छ।’

साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १७:०८ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast