कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

हिमाल प्रेस ५ साउन २०८३ १४:३४ | Tuesday, July 21, 2026
12
SHARES
कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

काठमाडौँ- काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा मंगलबार बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ।

स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो। आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेलापारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले सो कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्णरूपमा जलेको अवस्थामा रहेको बताए। आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको जानकारी पनि उनले दिए।

उक्त घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ साउन २०८३ १४:३४ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast