वन कार्यालयको गाडीको ठक्करले महिलाको मृत्यु

हिमाल प्रेस ४ साउन २०८३ २०:३७ | Monday, July 20, 2026
14
SHARES
वन कार्यालयको गाडीको ठक्करले महिलाको मृत्यु

काठमाडौँ- झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मेचीनगर–१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट जाँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा मेचीनगर–१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका अवाले जानकारी दिए।

दुर्घटनापछि गाडी चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर–६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ४ साउन २०८३ २०:३७ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast