सुनको मूल्य प्रतितोला तीन हजार बढीले घट्यो

हिमाल प्रेस १ साउन २०८३ १२:२० | Friday, July 17, 2026
14
SHARES
सुनको मूल्य प्रतितोला तीन हजार बढीले घट्यो

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो।

प्रकाशित: १ साउन २०८३ १२:२० | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast