काठमाडौँ- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका-७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो।
दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ।
प्रकाशित: १ साउन २०८३ ६:५७ | Friday, July 17, 2026
प्रतिक्रिया

