वैदेशिक रोजगारीमा रहेका व्यक्तिका लागि बीपीडब्लू लघुवित्तको आईपीओ खुल्यो

हिमाल प्रेस २२ माघ २०७९ १३:५६
4
SHARES
वैदेशिक रोजगारीमा रहेका व्यक्तिका लागि बीपीडब्लू लघुवित्तको आईपीओ खुल्यो

काठमाडौँ- बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्काशन गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ९ हजार ७०० कित्ता आईपीओको बिक्री खुला गरेको हो। श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्न पाउनेछन्।

फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ।

प्रकाशित: २२ माघ २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =