शिक्षा समितिले निवेदन सम्बोधनका लागि सम्बन्धित निकायसँग छलफल गर्ने,अनुगमनको तयारी

हिमाल प्रेस ३२ असार २०८३ १७:३६ | Thursday, July 16, 2026
58
SHARES
शिक्षा समितिले निवेदन सम्बोधनका लागि सम्बन्धित निकायसँग छलफल गर्ने,अनुगमनको तयारी

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतका शिक्षा र स्वास्थ्य उपसमितिको बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित निवेदनहरूको सम्बोधनका लागि सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय गरेको छ।

समिति सभापति डा.ओजस्वी शेरचनले हिमालप्रेसलाई जानकारी दिँदै शिक्षा उपसमितिको बैठकमा शिक्षासम्बन्धी धेरै निवेदन प्राप्त भएकाले ती निवेदनहरूको प्रकृति अध्ययन गरी सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने निर्णय भएको बताइन्।

उनका अनुसार हाल संघीय संसद् १४ दिनका लागि स्थगित भएकाले अधिकांश सांसद जिल्ला जाने तयारीमा रहेकाले तत्काल अनुगमनमा जान सम्भव भएन। त्यसैले योजनाबद्ध र परिणाममुखी ढंगले अनुगमन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन्।

शेरचनका अनुसार शिक्षा उपसमितिले आगामी दिनमा विद्यालयहरूको भौतिक पूर्वाधार, पाठ्यक्रम कार्यान्वयन, शिक्षकहरूको अवस्था लगायतका विषयको अनुगमन गर्ने योजना बनाएको छ। शिक्षा क्षेत्रसँग सम्बन्धित निकायमा समेत अनुगमन गर्ने निर्णय गरिएको छ।

यस्तै, स्वास्थ्य उपसमितिको बैठकमा भने उपसमितिको संयोजक अझै नतोकिएकाले संयोजक तोक्ने विषयमा छलफल भएको उनले जानकारी दिइन्। संयोजक चयनपछि स्वास्थ्य क्षेत्रको अनुगमन कहाँबाट सुरु गर्ने भन्ने विषयमा थप निर्णय गरिने उनको भनाइ छ।

प्रकाशित: ३२ असार २०८३ १७:३६ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast