सम्पत्ति छानबिनका सबै काम स्थगित

हिमाल प्रेस ३२ असार २०८३ १४:२६ | Thursday, July 16, 2026
4
SHARES
सम्पत्ति छानबिनका सबै काम स्थगित

काठमाडौँ- सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।

आयोगले बिहीबार सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्कालका लागि रोकिएको जनाएको हो।

आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी तथा नेपाली सेनाका पूर्व पदाधिकारीबाहेक अन्य सार्वजनिक जवाफदेही जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण संकलनको काम अघि बढाइरहेको थियो।

तर, मनिराम उपाध्याय निवेदक रहेको उत्प्रेषण रिटमा सर्वोच्च अदालतले असार ३१ गते रिटको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेपछि आयोगले आफ्नो सम्पूर्ण प्रक्रिया स्थगित गरेको जनाएको छ।

प्रकाशित: ३२ असार २०८३ १४:२६ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast