काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भेट भएको हो ।
भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव आजै कतार प्रस्थान गर्दै छन् ।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यहाँ जान लागेका हुन् । उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलका तर्फबाट शोक सन्देश दिनेछन् ।
प्रकाशित: ३० असार २०८३ १३:१५ | Tuesday, July 14, 2026
प्रतिक्रिया



