राज्य संकटमा छ, जनतामा नैरश्यता छ : अमरेश सिंह

हिमाल प्रेस ३० असार २०८३ १२:०९ | Tuesday, July 14, 2026
20
SHARES
राज्य संकटमा छ, जनतामा नैरश्यता छ : अमरेश सिंह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार सांसद सिंहले संसद्‌मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुख डोलप्रसाद अर्यालमार्फत सरकारलाई आग्रह गरे।

उनले भने, ‘संसद्‌मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं। हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ।’

राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे।

‘आज हाम्रो राज्य संकटमा छ। जनतामा नैरश्यता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्‌बाट नगरौं,’ सांसद सिंहले भने,‘संसद्‌मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी यसलाई घोचपेचको विषय नबनाऔं। राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला। जनता र लोकतन्त्र समाप्त रह्यो भने हामी कोही नरहौंला। आज देशमाथि संकट छ। आज नागरिकमा निराशा छ, निराशा नबाडौं।’

प्रकाशित: ३० असार २०८३ १२:०९ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast