विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, विभिन्न विश्वविद्यालयले सूचना निकाल्न थाले

हिमाल प्रेस ३० असार २०८३ ११:१९ | Tuesday, July 14, 2026
86
SHARES
विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, विभिन्न विश्वविद्यालयले सूचना निकाल्न थाले

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय तथा ती अन्तर्गतका सबै कलेजहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनु अनिवार्य बनाइएको बताएका छन्।

मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू गरिएको छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएको अनुभवका आधारमा उक्त व्यवस्थालाई अब विश्वविद्यालय तहमा पनि संस्थागत गरिएको जानकारी दिए।

उनका अनुसार नयाँ व्यवस्थाअनुसार विश्वविद्यालय तथा तिनअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण कलेजहरूले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्नेछ। सोही व्यवस्थाअनुरूप विभिन्न विश्वविद्यालयहरूले छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशन गर्न थालेका उनले बताए।

मन्त्री पोखरेलले शिक्षामा सबैको पहुँच विस्तार, समान अवसरको सुनिश्चितता तथा सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको उल्लेख गरे। उनले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीलाई उच्च शिक्षामा अध्ययन गर्ने अवसर थप सहज बनाउने विश्वास व्यक्त गरे।

सरकारले यो व्यवस्थामार्फत उच्च शिक्षामा समावेशिता बढाउने, प्रतिभावान तथा आवश्यकता भएका विद्यार्थीलाई प्रोत्साहन गर्ने र शिक्षाको पहुँचलाई थप व्यापक बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: ३० असार २०८३ ११:१९ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast