बागमतीबाट निकालियो दुई मेट्रिक टन नकुहिने फोहाेर

हिमाल प्रेस २७ असार २०८३ १२:३९ | Saturday, July 11, 2026
4
SHARES
बागमतीबाट निकालियो दुई मेट्रिक टन नकुहिने फोहाेर फाइल तस्बिर

काठमाडौँ- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ । काठमाडौँ महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामंगलबाट बानेश्वर क्याम्पसअघिको बागमती नदी किनारमा ६८७औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।

सफाइबाट जम्मा भएको नकुहिने दुई मेट्रिक टन फोहोर महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको अभियानकर्मी डा‍‍।माला खरेलले जानकारी दिइन् । कुहिने फोहोर भने नदी किनारमा रोपिएका बिरुवालाई मल हुनेगरी गाड्ने व्यवस्था मिलाइएको छ ।

सफाइमा स्थानीय सरकारका जनप्रतिनिधि, वागमती सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीसहित गैरीगाउँ बानेश्वर क्याम्पस सानो फलामे पुल क्षेत्रका स्थानीयवासीको पनि सक्रिय सहभागिता थियो । सफाइका क्रममा महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले ल्याएको लप्सी र एभोकाडोको बिरुवा बागमती किनारमा रोपिएको छ ।

वागमती सफाइ अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको उपलक्ष्यमा वागमती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

२०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा नदी किनारमा अभियानकर्मीले सफाइ गर्दै आएका छन् । यो सफाइ अभियान जाडो, गर्मी, झरी, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि रोकिएको छैन । शनिबार जुनसुकै चाडपर्व परे पनि अभियानकर्मीले वाग्मती सफाइ भन रोक्दैनन् ।

प्रकाशित: २७ असार २०८३ १२:३९ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast