विराटनगरमा शव उठाउने क्रममा तनाव, २१ सेल अश्रुग्यास प्रहार

हिमाल प्रेस २६ असार २०८३ १९:४७ | Friday, July 10, 2026
24
SHARES
विराटनगरमा शव उठाउने क्रममा तनाव, २१ सेल अश्रुग्यास प्रहार

इटहरी- विराटनगर–१८ भेडियारीमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउन शुक्रबार स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

प्रहरीले भीड नियन्त्रणका लागि २१ सेल अश्रुग्यास र लाठीचार्ज गरेको जनाएको छ।

प्रदर्शनका क्रममा ढुंगामुढाबाट दुई प्रहरी सामान्य घाइते भएका छन् भने अराजक गतिविधिको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।

यादव बुधबार प्रहरीबाट भाग्ने क्रममा पोखरीमा बेपत्ता भएका थिए। घटनामा भारतीय नागरिक शिवधर यादव पक्राउ परेका छन् भने उनको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असार २०८३ १९:४७ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast