संसदभित्रै लाग्यो ‘सरकार मुर्दाबाद’ को नारा

हिमाल प्रेस २६ असार २०८३ १४:५२ | Friday, July 10, 2026
8
SHARES
संसदभित्रै लाग्यो ‘सरकार मुर्दाबाद’ को नारा संसद भवन सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर आफ्नो धारणा राख्दै सांसद् ऐनबहादुर महर। तस्बिर रासस

काठमाडौँ- नेकपा एमालेका सचेतक ऐन महरले संसदभित्रै सरकारविरूद्ध नाराबाजी गरेका छन्।

राज्यले नागरिकलाई आत्मदाह गर्ने परिस्थिति निर्माण गरिरहेको भन्दै उनले प्रतिनिधिसभा बैठकमा सरकारविरूद्ध नाराबाजी गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले उनले सरकारले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट उठाउनुपर्ने बताए।

‘पछिल्लो समय सुकुम्वासी भन्नुस् वा अहिले गणेश नेपाली भन्नुस्, सरकारले जबजरस्त रुपमा नागरिकलाई आत्मदाह गर्ने परिस्थिति निर्माण गरिरहेको छ,’ उनले भने।

महरले सरकारले स्टन्ट गर्ने बानी छोड्नुपर्ने बताए।

उनले भने,‘हिजो गृहमन्त्री वीर अस्पताल पुगेको भनेर सुनेका छौँ, गृहमन्त्रीले स्टन्ट गर्न छोड्नुपर्‍यो, सरकारले स्टन्ट गर्ने बानी बन्द गर्नुपर्‍यो।’

योगमाया न्यौपानेहरूले अरुण नदीमा लिएको जलसमाधिले राणा शासन अन्त्य भएको बताउँदै उनले गणेश नेपालीहरूले गरेको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

‘यो हत्याको जिम्मेवार यो वालेन्द्र सरकार हो, वालेन्द्र सरकार जनताको पक्षमा जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी जनताको हत्या गर्नेगरी अगाडि बढिरहेको छ, म यो सरकार मुर्दाबाद भन्न चाहन्छु,’ उनले भने।

वीर अस्पतालको दृष्य हेरि नसक्नु रहेको उनले बताए।

प्रकाशित: २६ असार २०८३ १४:५२ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast