विराटनगर- मोरङ उद्योग व्यापार संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरण, मोरङ शाखालाई ध्यानाकर्षण गराएको छ।
वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि नियमित गर्न प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेको बताउँदै संघले पटकपटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा उल्लेख छ।
नियमित नहुँदा प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादनमा कच्चापदार्थ जम्नगइ डढ्ने र उत्पादन पूर्ण रुपमा खेर जाने विज्ञप्तिमा उल्लेख छ।
विद्युत् आपूर्तिमा देखिएका समस्याले उद्योगीमा चरम निराशा पैदा गरेको छ।
प्रकाशित: २५ असार २०८३ १७:२० | Thursday, July 9, 2026
प्रतिक्रिया




