भोलिदेखि रोकिँदै बजेटअन्तर्गतको सरकारी भुक्तानी, निकासीको अन्तिम म्याद आज

हिमाल प्रेस २५ असार २०८३ १३:१० | Thursday, July 9, 2026
18
SHARES
भोलिदेखि रोकिँदै बजेटअन्तर्गतको सरकारी भुक्तानी, निकासीको अन्तिम म्याद आज

काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ । हरेक असार २५ गतेसम्म सम्बन्धित निकायले भुक्तानी गरिसक्नुपर्ने व्यवस्था अनुसार बिहीबारसम्ममा सबै सरकारी कार्यालयले डिजिटल प्रणालीमार्फत यस्तो भुक्तानी गरिसक्नुपर्ने भएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले गरेको व्यवस्था बमोजिम आज राती १२ बजेबाट चालु वर्षको सम्पूर्ण भुक्तानी रोकिने उप महालेखा नियन्त्रक ओम प्रसाद रिजालले जानकारी दिए ।

यस्तो भुक्तानी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागु हुनेछ । आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने रिजाल बताउँछन् ।

बुधबारसम्म सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । जुन बजेटको ७८ प्रतिशत बराबर हो ।

प्रकाशित: २५ असार २०८३ १३:१० | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast