सभामुख डोलप्रसाद अर्याल/फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर प्रश्न गरेका छन् । सभामुख अर्यालले प्रतिनिधि सभा बैठक सुरु गरेपछि विपक्षी दलहरू उठेर विरोध गरे । त्यो विरोधपछि पहिला कांग्रेस र त्यसपछि एमाले सांसद राईलाई बोल्न समय दिए ।
राईले आफ्नो भनाइको सुरुमै ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्न ?भने । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्नबाट रोके । त्यसपछि सभामुख अर्यालले माननीय सदस्य आफ्नो भनाइ मर्यादामा रहेर भन्नुहोला भन्दै चेतावनी दिए । त्यतिमा उनी रोकिएनन । सभामुखले अगाडि भने, ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभामुखको अपहलेना गर्दै हुनुहुन्छ ।’
अनी राईलाई बोल्न नदिएर अर्का सांसद परशुराम तामाङलाई समय दिए ।
प्रकाशित: २४ असार २०८३ ११:५० | Wednesday, July 8, 2026
प्रतिक्रिया




